किष्ट शिक्षण अस्पतालले गर्यो डेढ वर्षमा ५१ जनाको सफल मृगौला प्रत्यारोपण

काठमाडौं । किष्ट शिक्षण अस्पतालले विगत ११ वर्ष देखि मृगौला रोगीहरुलाई हेमोडाईलासिस सेवा प्रदान गर्दै आईरहेकोमा गत ४ वर्ष देखि विपन्न नागरिकहरुलाई निःशुल्क सेवा समेत प्रदान गर्दै आईरहेको छ । यस सेवाको साथै किष्ट अस्पतालले मृगौला प्रत्यारोपण सेवा विस्तारका लागि आफ्नो जनशक्ति एवं आवश्यक पूर्वाधार विकासमा साधन श्रोत जुटाएको छ ।
फलस्वरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले २०७७ फागु न१८ गते किष्ट शिक्षण अस्पताललाई मृगौला प्रत्यारोपण कार्यको स्वीकृति दिएको थियो ।
त्यसपछि अस्पतालले २०७८ बैशाख ८ गते पहिलो मृगौला प्रत्यारोपण सफल रुपमा सम्पन्न गरेको थियो । त्यसयता अस्पतालले ५१ जना विरामीको शतप्रतिशत सफलताका साथ मृगौला प्रत्यारोपण गरेको अस्पतालले विज्ञेप्ती प्रकाशित गरी जनाएको छ ।
देश भित्रबाट मात्र नभई बिदेशमा रहेका नेपाली नागरिकहरु अमेरिका, जापान, डेनमार्क तथा मध्यपूर्वका देशहरुबाट समेत अस्पतालमा आई मृगौला प्रत्यारोपण गरेको अस्पतालले जनाएको छ ।
















तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
हर्क साम्पाङले मागे बालेनको राजिनामा
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
प्रतिक्रिया