शिव परियारको ‘छैन है गुनासो’मा अञ्जना र विक्रमको अभिनय

काठमाडौं । गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम, रोमान्स र विरहलाई मुख्य विषय बनाइएको ‘छैन है गुनासो’ बोलको गीतमा अन्जना राउत, विक्रम बुढाथोकी र तेज बोगटीको अभिनय छ ।
सार्वजनिक गीतमा डिपी खनालका शब्द सृजना, नविन कार्कीको संगीत छ भने महेश महराको छायांकन छ । लक्ष्मण चौहानको सम्पादन रहेको गीतको कथा र निर्देशन विक्रम चौहानको छ ।
मोडलिङमा आएको छोटो समयमा नै मोडल अञ्जनाले कैयौँ दर्शक स्रोताको मन जितिसकेका चर्चा चलेका बेला रिलिज गरिएको उनको यो पछिल्लो भिडियोले आफूलाई थप उचाई दिने अञ्जनाको विश्वास छ ।
यसअघि अञ्जनाले समीक्षा अधिकारी र सुभाष पुरीको स्वर रहेको ‘बजाई देउ’बोलको गीतमा काम गरेपछि चर्चा सुरु भएको थियो । सार्वजनिक गीतका निर्माता हुन् गायक सुवास पुरी । गायक पुरीको ‘कुरा काट्ने मान्छेले काटून्’ बोलको गीतले औधी चर्चा बटुलेको थियो ।
















यस्ता छन् रास्वपा सचिवालय बैठकका निर्णय
सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँ : रवि लामिछाने
रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरु
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
प्रतिक्रिया