बसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दियो, दुई जनाको मृत्यु
मेरोन्यूज
२०७९ कार्तिक २४ गते ८:३२
काठमाडौं । काठमाडौंमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बसुन्धरामा बुधबार ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
पोखराका बेलबहादुर रानामगर र कल्पना रानामगरको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल लगिएकामा ज्यान गएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार ट्रक चालक चितवनका राम हमाल पक्राउ परेका छन् ।
सम्बन्धित
















यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन
हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन
PM Karki insists development works should not affect religious belief, cultural heritages
ओखलढुङ्गामा राई दम्पतीको हत्या
Gold price hits Rs 309 thousand per tola
दुई हजार एक सय जना एमालेमा प्रवेश
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
प्रतिक्रिया