चिनियाँ उपमन्त्री नेपाल आउँदै

काठमाडौं । चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भन्दाअघि नै उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।
परराष्ट्रमन्त्री नारायण खड्का चुनावी कार्यक्रममा उदयपुरमा छन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले चिनियाँ उपमन्त्री नेपाल आउने कार्यक्रम रहेको तर मिति यकिन नभएको बताए ।
मन्त्री श्रेष्ठले भने, ‘उहाँ आउँदै हुनुहुन्छ तर, समय यकिन भैसकेको छैन ।’ खड्काको अनुपस्थितिमा पर्यटनमन्त्री श्रेष्ठले चिनियाँ पाहुनालाई स्वागत गर्ने कार्यक्रम तय गरिएको पराष्ट्रमन्त्री खड्काका स्वकीय सचिव लिला भट्टराईले जानकारी दिए ।
श्रेष्ठले चिनियाँ उपमन्त्री आउने मितिका बारेमा केही नखुलाएपनि उनी आजै राती काठमाडौं आईपुग्ने र चार दिन पछि २७ कात्तिकमा मात्र स्वदेश फर्किने गरी आउन लागेको बताइएको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा हुन लागेको चिनियाँ मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रुपले हेरिएको छ ।
चिनियाँ उपमन्त्रीले काठमाडौं र भक्तपुरमा चिनियाँ लगानीमा बनेका सम्पदाहरुको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया