विश्वको जनसंख्या १५ नोभेम्बरमा ८ अर्ब पुग्ने

न्युयोर्क । संयुक्त राष्ट्र संघले नोभेम्बर १५ सम्ममा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने अनुमान गरेको छ। सन् २०२३ मा भारतले चीनलाई विस्थापित गर्ने प्रतिवेदनमा उल्लेख छ ।
यो प्रक्षेपण यस वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवसमा जारी गरिएको राष्ट्रसंघीय जनसंख्या सम्भाव्य २०२२ मा खुलासा गरिएको थियो । तर अनुमानित समयसीमा केही दिन मात्र बाँकी रहेकाले अहिले यो प्रक्षेपण भइरहेको छ । सन् १९५० पछि पहिलो पटक सन् २०२० मा विश्वव्यापी जनसंख्या वृद्धि एक प्रतिशतभन्दा तल झरेको एजेन्सीले जनाएको छ ।
प्रतिवेदनले सन् २०५० सम्ममा अनुमानित जनसंख्या वृद्धिको आधाभन्दा बढी कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानियामा मात्र केन्द्रित हुने उल्लेख गरेको छ ।
हालैको संयुक्त राष्ट्रसंघको अनुमानअनुसार विश्वको जनसंख्या सन् २०३० मा करिब ८.५ अर्ब, २०५० मा ९.७ अर्ब र त्यसपछि २०८० को दशकमा १०.४ अर्ब पुग्ने र सन् २१०० सम्म त्यो स्तरमा रहने अनुमान गरिएको छ ।
















रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया