नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । खेलाडी राजकुमार राई अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ यसअघि बेलायत र क्यानडामा प्रदर्शन भइसकेको छ ।
नेपालमा भने पहिलो पटक फिल्म प्रदर्शनमा आउन लागेको हो । नेपालका विभिन्न स्थानका साथै विदेशी भूमिमा समेत छायांकन गरिएको चलचित्र एक्शन जनारामा निर्माण गरिएको छ । युवराज राई (वीरबहादुर) द्वारा निर्देशित यो फिल्म रवि थापा, धन लिम्बू र मिलन राईले निर्माण गरेका हुन् । एक गोरखा आर्मीको संघर्षलाई फिल्मको कथावस्तु बनाइएको छ । फिल्मको प्रश्तुकर्ता विजया राई हुन् ।
फिल्ममा राजकुमार राई, कमला खापुङ लिम्बू, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बू, सीमा राई, नरेन लिम्बू र पूर्ण लिम्बूले अभिनय गरेका छन् । कार्यक्रममा बोल्दै अभिनेता राजकुमार राईले फिल्ममा गोरखाली सेनाले उनीहरुको जीवनमा भोगेका पीडाहरुलाई देखाइएको बताए ।
उनले नेपालीहरुको कथावस्तुमा निर्माण भएका कारण पनि सबै नेपालीले चलचित्र हेर्नेमा आशावादी रहेको बताए । त्यस्तै कार्यक्रममा अभिनेत्री सेसुका राईले क्यानडा र बेलायतमा फिल्म रिजिल भएपनि आफूले फिल्म हर्न नपाएको बताए ।
नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ नेपालमा भने मंसिर २३ गतेबाट रिलिज हुनेछ ।
















धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर
बजेट अभावमा रोकियो गैँडा गणना
Cabinet meet endorses President’s address to parliament’s joint sitting
राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने
टर्किस एयरको जहाज रनवेबाट हटाएपछि त्रिभुवन विमानस्थल सुचारु
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
ट्रम्पले गरे इरानको प्रस्ताव अस्वीकार : फेरि मडारियो युद्धको बादल
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
प्रतिक्रिया