सी र बाइडेनबीच भेटवार्ता हुँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ नेता सी जिनपिङबीच बालीमा भेटवार्ता हुँदै छ । दुई महाशक्तिबीचको सम्बन्ध चिसिएको बेला दुई नेताबीच आज भेटवार्ता हुन लागेको हो । मंगलबारदेखि सुरु हुने जी २० बैठकका लागि दुबै नेताहरू इन्डोनेसियामा छन् । सन् २०२० मा बाइडेनले पदभार ग्रहण गरेपछि उनीहरूबीच पहिलो व्यक्तिगत भेट हुनेछ । गत महिना कम्युनिष्ट पार्टीको महाअधिवेशनपछि आफ्नो शक्तिलाई थप सुदृढ पारेका थिए । सी माओ त्सेतुङपछिको सबैभन्दा बलियो चिनियाँ नेताको रूपमा बाइडेनसँग भेट गर्नेछन् ।
के विषयमा हुँदै छ छलफल ?
कीर्तिमानी क्षेप्यास्त्र परीक्षणसँगै छिट्टै सातौं आणविक परीक्षण गर्ने डर बढिरहेका बेला दुई शक्तिशाली देशका नेताबीच भेटवार्ता हुँदै छ । जी २० शिखर सम्मेलनको साइडलाइन वार्तामा बाइडेनले प्योङयाङको सबैभन्दा ठूलो सहयोगी चीनका राष्ट्रपतिलाई उत्तर कोरियाको खराब गतिविधि रोक्न अनुरोध गर्ने अनुमान गरिएको छ । वार्तामा ‘उत्तर कोरियाको सबैभन्दा खराब प्रवृत्तिलाई रोक्न रचनात्मक भूमिकाबारे छलफल हुने’ अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् । बाइडेनले सी जिनपिङलाई उत्तर कोरियाको क्षेप्यास्त्र र आणविक निर्माणलाई ‘निरन्तरता दिएमा यो कोरियाली प्रायद्वीपमा थप अमेरिकी सेना र सुरक्षा उपस्थिति बढाइने’ संकेत गरेका छन् ।


















निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छः अध्यक्ष ढकाल
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
इन्धनको मूल्यवृद्धिले जिल्लाका १२५ ठेक्का रोकिन सक्ने
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
प्रतिक्रिया