बिहीबार, चैत ५, २०८२

सिटिजन्स बैंकको राइनासमा विस्तारित काउण्टर सेवा सुरु

मेरोन्यूज २०७९ कार्तिक २८ गते १५:०६

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो दोस्रो विस्तारित काउण्टर लमजुङको राइनास नगरपालिका ४ मा सञ्चालनमा ल्याएको छ । यसअघि बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर सेवा सुरु गरेको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

सुविधा सम्पन्न यस विस्तारित काउण्टरमार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिटेन्स सम्बन्धीको सेवालगायतका वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

बैंकले देशभरि आफ्ना १८० वटा शाखा, २ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९६ वटा शाखारहित बैंकिङ्ग इकाईबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया