सजिलै पैसा पाउन सानिमाको भिसा डाइरेक्ट सेवा

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकका लागि सानिमा भिसा डाइरेक्ट सेवा ल्याएको छ । यो सेवामार्फत् ग्राहकले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्ने छन् ।
विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिने छ ।
यो सेवा नविन प्रविद्धि भएकाले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त माध्यम रहेको छ । उक्त सेवा बैंकले ‘भिसा इन्टरनेशनल’सँग सहकार्य गरी प्रदान गरेको हो । यो सरल, सुरक्षित र छरिटो सेवा हो ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया