नेपालका कारागारमा १२ सय ८९ जना विदेशी कैदीबन्दी, सबैभन्दा बढी भारतीय

काठमाडौं । नेपालका विभिन्न जिल्लामा रहेका कारागारमा १ हजार २८९ जना विदेश कैदीबन्दी रहेका छन् ।
२०७९ असोज मसान्तसम्म उक्त संख्यामा विदेशी कैदीबन्दी नेपालका कारगारमा रहेको कारागार व्यवस्थापन विभागले जनाएको हो ।
विभागका अनुसार हाल नेपालमा २० देशका कैदीबन्दी रहेका छन् ।
भारत, भुटान, चीन, पाकिस्तान, बोलिभिया, क्यानडा, बंगलादेश, दक्षिण अफ्रिका, इरान, जर्मनी, डेनमार्क, तान्जानिया, नाइजेरिया, पपुवा न्युगिनी, फ्रान्स, बेलायत, रोमानिया, सेनेगल, सिंगापुर र अष्ट्रियाका नागरिक नेपालका कारगारामा रहेका छन् ।
विदेशी कैदीबन्दीमा सबैभन्दा ठूलो संख्या भारतीयको छ । हाल नेपालमा रहेका विदेशी कैदीबन्दीमध्ये भारतीयको संख्या १ हजार २४ छ ।
अघिकांश भारतीय कैदीबन्दीहरु लागूऔषध ओसारपसारमा संलग्न रहेको पाइएको छ ।
भारतीयपछि नेपालमा रहेका विदेशी कैदैबन्दीमा दोस्रो ठूलो संख्या भुटानीको छ । नेपालको जेलमा हाल ३६ जना भुटानी कैदीबन्दी रहेका छन् ।
विभागका अनुसार नेपालका कारगारमा चिनियाँ ७ जना, पाकिस्तानी ६ जना, बोलिभियन १ जना, क्यानेडियन १ जना, बंगलादेशी ३ जना, दक्षिण अफ्रिकी १ जना, इरानी १ जना, जर्मन २ जना, डेनिस १ जना, तान्जानियाली १ जना, नाइजेरियन २ जना, पपुवा न्युगिनीयाली १ जना, फ्रेन्च १ जना, बेलायती २ जना, रोमानियली ४ जना, सेनेगली १ जना, सिंगापुरीयन १ जना र अष्ट्रियाली १ जना रहेका छन् ।
नेपालका जेलमा हाल स्वदेशी र विदेश गरी कुल कैदीबन्दीको संख्या २७ हजार १९५ जना रहेको छ । जेलमा रहेका कैदीबन्दीमध्ये २५ हजार ७०९ जना पुरुष र १ हजार ४८७ जना महिला छन् ।
















यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन
हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन
PM Karki insists development works should not affect religious belief, cultural heritages
ओखलढुङ्गामा राई दम्पतीको हत्या
Gold price hits Rs 309 thousand per tola
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
प्रतिक्रिया