नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं । नेपाल र पाकिस्तानबीचको फिफा मैत्रीपूर्ण खेल आज आयोजना हुदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालविरुद्ध उत्रदा पाकिस्तान फिफा निलम्बन पछि सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछ । खेल साझ ५ बजे सुरु हुनेछ ।
नेपालका लागि पाकिस्तान सधै कठिन प्रतिद्धन्द्धी हो । पाकिस्तानविरुद्ध नेपालले जित निकाल्न नसकेको १४ वर्ष बितिसकेको छ । तीन वर्ष फिफा निलम्बनमा रहेको पाकिस्तान नेपालबिरुद्द आठबर्षपछी खेल्न लागेको हो ।
नेपालले पछिल्लो पटक सन् २००८ जुन ७ साफ च्याम्पियनपसपमा पाकिस्तानमाथि ४-१ को जित निकालेको थियो । त्यसयता नेपाल र पाकिस्तानबीच पाँच खेल भएको छ । पाँच मध्ये तीन खेल पाकिस्तानले जितेको छ भने दुई खेल बराबरी भएको थियो ।
नेपालले गत महिना दशरथ रंगशालामै बंगलदेशविरुद्ध अन्तर्राष्टिय मैत्रीपूर्ण खेल खेलेको थियो । अञ्जन विष्टको ह्याट्रिकप्रेरित नेपालले सो खेल ३(१ ले जितेको थियो ।
सोही टोलीका अधिकांश खेलाडीलाई समावेश गर्दैैै कार्यवहाक प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका थिए ।
पाकिस्तानविरुद्ध नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ टोलीमा छैनन । उनको अनुपस्थितीमा रोहित चन्दले नेपाली टोलीको कप्तानी सम्हाल्नेछन् । गोलकिपर किरणको अनुपस्थितीमा विशाल श्रेष्ठले नेपाली गोलपोस्टको जिम्मेवारी सम्हाल्ने सम्भावना रहेको छ ।
बंगलादेशविरुद्धको खेलमा ह्याट्रिक पूरा गरेसँगै आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १० पुर्याएका अञ्जनका लागि सो गोल संख्या बढाउने यो सुनौलो अवसर हो । हरी खड्का र निराजन रायमाझीको नाममा १३ गोलको कीर्तिमान रहेको छ ।
दशरथ रंगशालामा नेपाली पुरुष टोलीले खेल्न लागेको यो पचासौ अन्तर्राष्ट्र्रिय खेल हो । नेपालले २०४४ सालमा दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत दशरथ रंगशालामा माल्दिभ्सविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया