ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीको सहयोग शुरु

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगरप्रहरी खटाउन थालेको छ । महानगरपालिकाले काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई उचित व्यवस्थापन गर्न भन्दै ट्राफिक जाम बढी हुने समयका लागि नगरप्रहरी खटाउन थालेको हो ।
नगरप्रहरी बलका प्रमुख नगरप्रहरी उपरीक्षक राजु पाण्डेकाअनुसार सवारी साधनको चाप धेरै भएको समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरुमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको हो । महानगरपालिकाले कार्तिक ३० गते बुधवारबाट उपत्यकाको सवारी चाप व्यवस्थापनका लागि नगरप्रहरी खटाउन थालेको हो ।
कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी, कलंकीलगायत स्थानमा नगरप्रहरीको जनशक्ति परिचालन गरेको महानगरले जनाएको छ । त्यस्तै पछिल्लो समय आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि खटिएका म्यादी प्रहरी पनि काठमाडौं उपत्यकाको सवारी चापको समाधानका लागि प्रमुख चोकामा खटेका छन् ।
आसन्न निर्वाचनलाई केन्द्रित गरी सरकारले पछिल्लो समय सुरक्षा व्यवस्था पनि कडा बनाएको छ । अहिले काठमाडौं उपत्यकाका प्रमुख चोकमा सुरक्षाकर्मीहरुको गस्ती देख्न सकिन्छ । आसन्न निर्वाचन मंसिर ४ गते एकै चरणमा सम्पन्न हुँदैछ ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया