बिहीबार, चैत ५, २०८२

तरकारी र फलफूलको भाउ थाहा पाउनुहोस्

मेरोन्यूज २०७९ मंसिर २ गते ९:४८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । 

Advertisement
nepal life insurencenepal life insurence

आज शुक्रबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३९० रुपैयाँ, हरियो अंगुर २९० रुपैयाँ, अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ५५ रुपैयाँ, अनार प्रतिकेजी ३९० रुपैयाँ रहेको छ ।

अमला ५६ रुपैयाँ ६७ पैसा, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ ५० पैसा, रातो भारतीय आलु ३५ रुपैयाँ, सेतो आलु प्रतिकेजी ४५ रुपैयाँ, भिण्डी ७६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ५६ रुपैयाँ ६७ पैसामा किनबेच भइरहेको छ ।  कागती १६ रुपैयाँले घटेर ११० रुपैयाँमा किनबेच भइरहेको छ भने अकबरे खुर्सानी २० रुपैयाँले घटेर १५० रुपैयाँमा किनबेच भैरहेको छ ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी १२५ रुपैयाँ, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ४५ रुपैयाँ, राजमा घिउ सिमी ९५ रुपैयाँ, घिरौला ५५ रुपैयाँ, चमसूरको साग २८ रुपैयाँले घटेर १६५ रुपैयाँ, कन्य च्याउ १३४ रुपैयाँ, डल्ले च्याउ ३५८ रुपैयाँ, तितो करेला ७६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, निबुवा ४६ रुपैयाँ ६७ पैसा, लोकल परवर ४५ रुपैयाँ, पालूगो साग १६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४८ रुपैयाँ २० पैसा र हरियो धनिया ११० रुपैयाँ कायम रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रतिक्रिया