मंगलबार, माघ १३, २०८२

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

मेरोन्यूज २०७९ मंसिर २ गते १३:५६

काठमाडौं । ललितपुर, गोदावरी नगरपालिक -८ डुकुछापस्थित सडकमा बा.४ ख ९००८ नम्बरको निशाना गाडी अनियन्त्रित भई गएराति दुर्घटना हुँदा गाडी चालक धादिङ गल्छी घर भई हाल काठमाडौं स्वयम्भू बस्ने २६ वर्षीय सन्तोष तामाङको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ३ जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

बारा, आदर्श कोतवाल गाउँपालिका ५ रुपौउलियास्थित सडकमा प्रदेश २-०३-०२२ प ८१४९ नम्बरको मोटरसाइकललाई बिआर ०५ एम ९७५८ नम्बरको मोटरसाइकलले बिहीबार राति ठक्कर दिँदा प्रदेश २०३-०२२ प ८१४९ नम्बरको मोटरसाइकलमा सवार रौतहट फतुवा बिजयपुर नगरपालिका-४ टेङगेहा बस्ने ४० वर्षीया जगिया देवीको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने हाल फरार दुवै मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया