अण्डर–१९ राष्ट्रिय क्रिकेट : गण्डकीको टोली घोषणा

पोखरा । राजधानी काठमाडौँमा सञ्चालन हुने ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ ।
गण्डकी प्रादेशिक क्रिकेट सङ्घले यही मङ्सिर ७ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि १४ नियमित र चार वैकल्पिक गरी १८ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो ।
गण्डकीको टोलीको कप्तानीको जिम्मा सुवास भण्डारीले पाएका छन् । उपकप्तान दीपक डुम्रे छन् । टोलीका सदस्यहरूमा अर्जुन कुमाल, गोविन्द विक, सोहेल कुँवर, करन पँगेनी, सचिन अधिकारी, सिव्रिन श्रेष्ठ, अपराजित पौडेल, सुजन गौतम, किरण भट्टराई, नितेश गिरी, सुदीप अर्याल र शिशिर भुसाल रहेका छन् ।
यसैगरी वैकल्पिक खेलाडीहरूमा विवेक नेपाली, सुगन सापकोटा, संयोग बस्याल र विपिनराज न्यौपाने छन् ।
गण्डकीको टिम प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापक दिवाकर थापा रहेको गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुले जानकारी दिए ।
गण्डकी प्रदेशले पोखरामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरी खेलाडीहरू छनोट गरेको हो । पोखरामा कात्तिक २४ देखि मङ्सिर १ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन भएको थियो । ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगितामा देशका सात वटै प्रदेशले सहभागिता जनाएका छन् ।
















प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया