मीनको सम्बन्ध समधुर हुने, अन्य राशिको कस्तो छ आज ?

काठमाडौं । आजको पात्रो : ६ मंसिर २०७९, मंगलबार । तद्नुसार नोभेम्बर महिनाको २२ तारिक २०२२ । मार्गकृष्णपक्ष त्रयोदशी तिथि र चतुर्दशी तिथि रहेको छ । आज बाला चतुर्दशी भनिन्छ । आज पशुपतिनाथ र देशभरका शिवालयमा शतबीजरोपण गर्ने गरिन्छ ।
हिजोरातिदेखि मन्दिरमा रातभर जाग्राम रहेर बत्ती बालेर आफ्ना मृतक पिृतहरुको सम्झना गर्दै आज बिहान शतविज छर्ने गरिन्छ । शतजिजमा मकै, उखु चना, चामल अमला आदि बीजहरु शिवालय क्षेत्रमा छर्ने चलन रहेको छ । सनातन धर्म संस्कारमा हिजोको साँझ र आज बिहान शिवालयको दर्शनको विशेष महत्व रहेको छ ।
आज बिहान सूर्योदय ६ः२० मा र सूर्यास्त ५ः११ मा हुनेछ । आज बणिज करण, स्वाती नक्षत्र, सौभाग्य योग, चन्द्रमा तुला राशिमा रहेको छ । मंगलबार ऋण र कर्जा कदापी नलिनु होला । आजको देवता ब्रह्मा र ग्रहदेव शुक्र रहेको छ । आजको दिन यात्राका लागि शुभ मानिदैन । आजको दिन बिहान आफ्ना पितृहरुको सम्झना गरेर जल अभिषेक गर्नु उत्तम हुनेछ ।
आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशि भएका जातकका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक आय हुनेछ । आजको दिन बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । आजको दिन मौन रहनु उत्तम हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आजको दिन अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता छाउनेछ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुन सक्नेछ । यदी यात्रा गर्नैपर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र कसैसँग विवाद हुने काम र कुरा नगर्दा राम्रो हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन मिथुन राशिका जातकले आफ्नो सोचअनुसारको कुनै नयाँ काम गर्न सक्नुहुनेछ । विगतमा रोकिएका र अप्ठारा कामसमेत समाधान हुँदैन जानेछन् । अर्थलाभ र अध्ययन अध्यापनमा समेत सफलता मिल्नेछ । कसैसँग वैरभाव नराख्नुहोला । मनमा चिन्ता र भय छ भने त्यो हटदै जानेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
तपाईका लागि आजको दिन अनुकल देखिन्छ । धन प्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति राग राख्ने मित्रसमेत तपाईलाई सम्मानका शब्द प्रयोग गर्नेछन् । परिवारका सदस्यहरुबीच सुमधुरता बढ्ने छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आजको दिन तपाईले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । मौन र आफनो काममा मात्र ध्यान दिनुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईले केही कन्याहरुलाई फलफूल उपहार दिनु भयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन समय त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यहरुमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशिको जातकहरुले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा उल्टो चिन्ता छाउने छ । चन्द्रमाको साथ रहेको छ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यापार व्यवसायबाट लाभ हुनेछ । घरबाट बाहिर निस्कदा जेष्ठ श्रेष्ठ सदस्यलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
काममा सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । कसैसँग विवाद हुने काम नगर्नुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठ मन्दिर वा देवीको मन्दिरको दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ । आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ । परिवारका सदस्यबीच मिष्ठान भोजन साथमा गर्नुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्यबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । मंगलवारको दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा छोरा वा छोरीलाई दिनुभयो भने घरका सदस्यहरु बीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापार ब्यबसायबाट नसोचेको फाइदा मिल्नेछ । शिवालय र देवालय यात्राले मनमा हर्ष छाउने छ । अध्ययन अध्यापनमा मन जानेछ ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया