युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ ।
‘मिडिया क्षेत्रमा लामो अनुभव भएका उनको अन्तर्राष्ट्रिय स्तरका मिडिया हाउससँग निकै राम्रो सम्बन्ध छ,’ क्लबका अध्यक्ष रिमेश खनालले भने, ‘त्यही भएर हामीले उनलाई क्लबको अन्तर्राष्ट्रिय मिडिया सल्लाहकारमा मनोनयन गरेका हौँ ।’
१५ वर्षदेखि मिडिया उद्योगमा सक्रिय रहेका उनले नेपालका ठूला मिडिया हाउसको नेतृत्व गरेका छन् । डिस्ट्रिक्ट रिपोर्टरका रूपमा मिडिया उद्योगमा काम गर्न थालेका उनी हाल कान्तिपुर पब्लिकेसन्स लिमिटेडको बिक्री वितरण विभागमा विभाग प्रमुखका रूपमा कार्यरत छन् ।
१० वर्षदेखि क्लबले क्यालिफोर्निया राज्यमा युवाहरूको विकासका लागि रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लबका अध्यक्ष खनालले आगामी दिनमा क्लबको कार्यक्षेत्र अमेरिकाभर विस्तार गर्दै युवा केन्द्रित कार्यक्रम गरी विश्वभर क्लबका कार्यक्रम सञ्चालन गरिने बताए ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया