बुधबार, वैशाख १६, २०८३

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

मेरोन्यूज २०७९ मंसिर ६ गते १८:५२

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ ।

Advertisement
NiccNicc

‘मिडिया क्षेत्रमा लामो अनुभव भएका उनको अन्तर्राष्ट्रिय स्तरका मिडिया हाउससँग निकै राम्रो सम्बन्ध छ,’ क्लबका अध्यक्ष रिमेश खनालले भने, ‘त्यही भएर हामीले उनलाई क्लबको अन्तर्राष्ट्रिय मिडिया सल्लाहकारमा मनोनयन गरेका हौँ ।’

१५ वर्षदेखि मिडिया उद्योगमा सक्रिय रहेका उनले नेपालका ठूला मिडिया हाउसको नेतृत्व गरेका छन् । डिस्ट्रिक्ट रिपोर्टरका रूपमा मिडिया उद्योगमा काम गर्न थालेका उनी हाल कान्तिपुर पब्लिकेसन्स लिमिटेडको बिक्री वितरण विभागमा विभाग प्रमुखका रूपमा कार्यरत छन् ।

१० वर्षदेखि क्लबले क्यालिफोर्निया राज्यमा युवाहरूको विकासका लागि रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लबका अध्यक्ष खनालले आगामी दिनमा क्लबको कार्यक्षेत्र अमेरिकाभर विस्तार गर्दै युवा केन्द्रित कार्यक्रम गरी विश्वभर क्लबका कार्यक्रम सञ्चालन गरिने बताए ।

प्रतिक्रिया