विश्वकपमा स्पेनको सर्वाधिक सात गोल, गाबीले रचे कीर्तिमान

काठमाडौं । फेरान टोरेजको दुई गोल प्रेरित स्पेनले कोस्टारिकामाथि ७-० को प्रभावशाली जित सहित कतार विश्वकप २०२२ मा सुरुआत गरेको छ । दोहास्थित अल थुमामा रंगशालामा प्राप्त जितसँगै स्पेनले विश्वकप फुटबलको इतिहासमै सबभन्दा फराकिलो जित पारेको हो ।
समूह ‘ई’को आफ्नो पहिलो खेलमा स्पेनलाइै जित दिलाउन टोरेजले दुई गोल गर्दा ड्यानी ओल्मो, मार्को एसेन्सियो, गाबी, कार्लोस सोलर र अल्भारो मोराटाले एक एक गोल गरेका थिए ।
बार्सिलोनाका १८ वर्षे मिड्फिल्डर गाबी स्पेनिस राष्ट्रिय टोलीका लागि सबभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका छन् । स्पेनका लागि १४ खेलमा उनको व्यक्तिगत गोलसंख्या चार पुगेको छ । विश्वकपमा भने उनको यो पहिलो गोल हो ।
समूह ‘ई’ मा बुधबार भएको खेलमा चार पटकको पूर्व विजेता जर्मनीलाई २-१ को नतिजामा स्तब्ध पार्दै एसियाली मुलुक जापानले विश्वकपको सुखद सुरुआत गरेको थियो ।
समूहको दोस्रो खेलमा आइतबार स्पेनले जर्मनी तथा जापानले कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया