विश्वकप फुटबल
स्पेनसँग बराबरी खेल्दा हारबाट जोगियो जर्मनी, नकआउट पुग्ने सम्भाबना जिवितै

काठमाडौं । विश्वकप फुटबलमा जर्मनीले स्पेनसँग बराबरी खेल्दा हारबाट जोगिएको छ।
कतारको अल बायत स्टेडियममा आइतबार भएको खेलमा जर्मनी र स्पेनले एक एक गोल गरेर बराबरी खेलेर अंक बाँडेका छन् ।
स्पेनसँग बराबरी खेलेपछि समुह चरणमा जर्मनीले पनि १ अंक जोडेको छ । योसँगै जर्मनीको अघिल्लो चरण पुग्ने सम्भावना जिवितै छ।
स्पेन भने ४ अंकका साथ समुह तालिकाको शीर्ष स्थानमा छ। समान ३ अंक भएको जापान दोस्रो र कोस्टारिका तेस्रो स्थानमा छ। अब जर्मनीले मसिर १५ गते कोस्टारिकासग खेल्दैछ । अब अर्को चरणमा हुने खेल र आउने नतिजाले जर्मनीको नकआउट पुग्ने / नपुग्ने कुरोको टुंगो लाग्नेछ ।
स्पेन र जर्मनीले पहिलो हाफमा दुबै टोलिले कुनै गोल गरेनन । त्यसपछि दोस्रो हाफमा भने अल्भारो मोराटाको गोलमा जर्मनीविरुद्ध स्पेनले अग्रता लिएको थियो।
वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मोराटाले स्पेनलाई अग्रता दिलाएका थिए । मोराटाले खेलको ६२ औं मिनेटमा स्पेनका लागी गोल गरेका थिए ।
जोर्डी अल्बाको पासमा उनले डिबक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
तर स्पेनले अग्रता कायम राखिरहन सकेन । खेलको ८३ मिनेटमा जर्मनीका निकलस फ्युलक्रगले गोल गर्दै जर्मनीलाई खेलमा बराबरीमा फर्काएका थिए ।
समूह चरणको पहिलो खेलमा जर्मनी जापानसँग २-१ ले पराजित भएको थियो। स्पेनले कोस्टारिकालाई ७- ० ले पराजित गरेको थियो।
स्पेनसँग लज्जास्पद हार व्यहोरेको कोस्टारिकाले आइतबार जापानलाई स्तब्ध पार्यो। यो नतिजाले चार वटै टोलीका लागि अघिल्लो चरणको यात्रा खुल्ला राखेको हो ।
२०१८ को विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिँदला स्पेन अन्तिम १६ बाट बाहिरिएको थियो ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया