स्विट्जरल्याण्डलाई पराजित गर्दै ब्राजिल पुग्यो नकआउट चरणमा

काठमाडौं । ब्राजिल विश्वकप फुटबलको नकआउट चरणमा प्रबेश गरेको छ । कतारमा जारी विश्वकप फुटबलमा स्विट्जरल्याण्डलाई १-० गोलले पराजित गर्दै ब्राजिल नकआउट चरणमा पुगेको हो ।
ब्राजिलको नकआउट प्रबेशको लागी खेलाडी क्यासिमेरोले खेलको ८३ औं मिनेटमा गोल गरेर ब्राजिललाई जितको लागी निर्णयक गोल गरेका थिए ।
समुह चरणमा यस अगाडिनै ब्राजिलले सर्बियालाई पराजित गर्दै ३ अक बनाएको थियो । स्विट्जरल्याण्डविरुद्ध खेल पनि जित्दै ब्राजिलले ६ अकसहित समुहबाट नकआउट प्रबेश गरेको हो ।
खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा क्यासिमेरोले रोड्रिगोको पासमा गोल गर्दै टोलीलाई जित दिलाउन सफल भएको हो ।
ब्राजिल स्टार फरवार्ड नेयमारविना मैदान उत्रेको थियो । चोटका कारण नेयमारले केही खेल गुमाउने छन्।
आजको जित निकालेको ब्राजिल अर्को एक खेल अघि नै नकआउटमा सुरक्षित भएको हो ।
अर्को स्थानका लागि तीन टोलीबिच प्रतिस्पर्धा हुने छ। स्विट्जरल्याण्ड ब्राजिलसग पराजित भए पनि उसको पनि ३ अक छ । जसका कारण ब्राजिलसँग पराजित स्विटजरल्याण्डसको पनि अघिल्लो चरण प्रवेशका लागि सम्भावना कायम छ।
यहि समूहका क्यामरुन र सर्वियाले १-१ को बराबरी खेलेका छन्। दुबैको समान एक अंक छ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया