बिहीबार, चैत ५, २०८२

तीन अंकले बढ्याे नेप्से

मेरोन्यूज २०७९ मंसिर १३ गते १५:३६

काठमाडौं । मंगलबार नेप्से परिसुचकमा ०.१५ प्रतिशत अर्थात करिब तीन अंकले उकालो लागेको छ । सोमबार सेयर बजार १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा रोकिएके थियो। सोही दिन करिब साढे एक अर्बको सेयर कारोबार भएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार २५ लाख ८९ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाखभन्दा बढीको कारोबार  हुँदै १९५३.३५ अंकमा बन्द भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । यस्तै, १९६ कम्पनीहरुको कारोबार हुँदा १२० कम्पनीमा वृद्धि भएको छ । ६७ कम्पनी घाटामा गएको र नौ कम्पनी स्थिर रहेको रहेको छ ।

धौलागिरी लघुवित्त वित्तिय संस्था १५.३०, एनसिसि बैंक ८.९९ अंकले वृद्धि भएको छ । हिमालयन डिस्टिलरी ९ करोड ७२ लाख ७५ हजार ३८२ रुपैयाँको कारोबार भएको र नबिल बैंककाे भने ४ करोड ३१ लाख ६१ हजार ८९२ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार विकास बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बिमा, माइक्रो फाइनान्स, र म्युचुअल फण्ड  कम्पनीहरूमा वृद्धि भएको छ । अरु कम्पनीहरूमा ओरालो लागेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया