अत्याधुनिक उपकरणसहितको प्याथोलोजी भैरहवामा

भैरहवा। भैरहवामा अत्याधुनिक उपकरण सहितको प्याथोलोजीले सेवा सुरु गरेको छ । १७ वर्षदेखि प्रयोगशाला क्षेत्रमा अनुभव प्राप्त प्राविधिकसहित तीनजना युवाको लगानीमा रुपन्देही क्षेत्रकै उत्कृष्ठस्तर श्रेणीको ल्याब स्थापना भई भैरहवाको बैकरोडमा संचालनमा आएको हो । करिब २ करोडको लगानीमा बिरामीलाई एकै छानामुनि ल्याबसम्बन्धी सम्पूर्ण सेवाहरू ए वान हेल्थ नेपालबाट दिनेगरी सेवा सुरु गरिएको सञ्चालक डाक्टर आदर्शकुमार झुनझुनवालाले बताए ।
विश्वको चर्चित उपकरणहरु युएसएफडीए बाट मान्यता प्राप्त उपकरण बाट विभिन्न प्रकारका स्वास्थय जाँच पारदर्शिता कायम गरी विरामीले आफै हेनै सक्ने गरी व्यवस्था मिलाइएको सिइओ समेत रहेका झुनझुनवालाले बताए ।
स्वास्थ्य क्षेत्रमा अनुभव संगालेका चिकित्सकसहितका दर्जन बढी प्रविधिहरूको सहकार्यमा विश्वकै उत्कृष्ठ उपकरणहरुबाट प्रयोगशालामा विशेषज्ञसहितको परामर्श सेवा दिने गरी व्यवस्था मिलाइएको संचालक टंक प्रसाद आचार्यले भने ।
डिजीटल माध्यम भाइवर, वाट्सअप र मेल सेवाबाट रिर्पोट दिने गरी सामान्यदेखि बिशिष्टिकृत प्रकारको जाँच एवान हेल्थ नेपालले बजार मुल्य वा सो भन्दा कममै दिनेमा प्रतिबद्धता जनाएको छ । नियमित चेकजाँच गराउनेलाई विशेष छुटका साथ अन्य जाँचमा पनि अहिले उद्घाटनको अवसरमा विशेष छुटका साथ सेवा सुरु गरेको सञ्चालक नारायण गौतमले भने ।
प्रयोगशालामा क्यान्सरको वायोप्सी, वीर्यको सम्पूर्ण परीक्षण, हर्मोन, सबै खालको ट्युमर, प्रोस्टेड, गर्भवती महिलामा बच्चाको धड्कन, तीन महिना अघिपछिको मधुमेहको विश्लेषणजस्ता विशिष्टकृत स्वास्थ्य परीक्षण हुन्छ । प्रयोगशालामा राखिएका सम्पूर्ण उपकरण अमेरिका, जर्मनी लगायतका विश्व बजारमा अब्बल मानिने अन्तर्राष्ट्रिय मापदण्डका रहेको कम्पनीको दाबी छ ।











ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला
रमेश लेखक आयोगमा बयान दिन जाने
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया