अत्याधुनिक उपकरणसहितको प्याथोलोजी भैरहवामा

भैरहवा। भैरहवामा अत्याधुनिक उपकरण सहितको प्याथोलोजीले सेवा सुरु गरेको छ । १७ वर्षदेखि प्रयोगशाला क्षेत्रमा अनुभव प्राप्त प्राविधिकसहित तीनजना युवाको लगानीमा रुपन्देही क्षेत्रकै उत्कृष्ठस्तर श्रेणीको ल्याब स्थापना भई भैरहवाको बैकरोडमा संचालनमा आएको हो । करिब २ करोडको लगानीमा बिरामीलाई एकै छानामुनि ल्याबसम्बन्धी सम्पूर्ण सेवाहरू ए वान हेल्थ नेपालबाट दिनेगरी सेवा सुरु गरिएको सञ्चालक डाक्टर आदर्शकुमार झुनझुनवालाले बताए ।
विश्वको चर्चित उपकरणहरु युएसएफडीए बाट मान्यता प्राप्त उपकरण बाट विभिन्न प्रकारका स्वास्थय जाँच पारदर्शिता कायम गरी विरामीले आफै हेनै सक्ने गरी व्यवस्था मिलाइएको सिइओ समेत रहेका झुनझुनवालाले बताए ।
स्वास्थ्य क्षेत्रमा अनुभव संगालेका चिकित्सकसहितका दर्जन बढी प्रविधिहरूको सहकार्यमा विश्वकै उत्कृष्ठ उपकरणहरुबाट प्रयोगशालामा विशेषज्ञसहितको परामर्श सेवा दिने गरी व्यवस्था मिलाइएको संचालक टंक प्रसाद आचार्यले भने ।
डिजीटल माध्यम भाइवर, वाट्सअप र मेल सेवाबाट रिर्पोट दिने गरी सामान्यदेखि बिशिष्टिकृत प्रकारको जाँच एवान हेल्थ नेपालले बजार मुल्य वा सो भन्दा कममै दिनेमा प्रतिबद्धता जनाएको छ । नियमित चेकजाँच गराउनेलाई विशेष छुटका साथ अन्य जाँचमा पनि अहिले उद्घाटनको अवसरमा विशेष छुटका साथ सेवा सुरु गरेको सञ्चालक नारायण गौतमले भने ।
प्रयोगशालामा क्यान्सरको वायोप्सी, वीर्यको सम्पूर्ण परीक्षण, हर्मोन, सबै खालको ट्युमर, प्रोस्टेड, गर्भवती महिलामा बच्चाको धड्कन, तीन महिना अघिपछिको मधुमेहको विश्लेषणजस्ता विशिष्टकृत स्वास्थ्य परीक्षण हुन्छ । प्रयोगशालामा राखिएका सम्पूर्ण उपकरण अमेरिका, जर्मनी लगायतका विश्व बजारमा अब्बल मानिने अन्तर्राष्ट्रिय मापदण्डका रहेको कम्पनीको दाबी छ ।
















सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया