बिहीबार, चैत ५, २०८२

इसेवा मनी ट्रान्सफरका ब्राण्ड एम्बेसेडर राजेश हमाल र युएईका लागि नेपालका राजदुत ढकालबीच भेटवार्ता

वैधानिक रेमिट्यान्सलाई बढावा दिनेबारे छलफल

मेरोन्यूज २०७९ मंसिर १४ गते १२:२९

इसेवा मनी ट्रान्सफरका ब्राण्ड एम्बेसेडर महानायक राजेश हमाल र युएईका लागि नेपालका राजदुत कृष्ण प्रसाद ढकालबीच भेटवार्ता भएकाे छ । इसेवा मनी ट्रान्सफर र युएईस्थित अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनी लुलु एक्सचेन्जको निमन्त्रणमा युएई पुगेका हमालले राजदुत ढकालसंग इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश अभियानको अवधारणाकाे भूमिकाबारे जानकारी गराएका हुन् ।
हमाल र राजदुत ढकालबीच वैधानिक रुपमा बैंक खाता र मोबाइल वालेटमा पठाइने डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन र प्रवर्धन गर्ने बिषयमा समेत छलफल भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश” अभियानको पूर्ण सफलताको कामना गदैं राजदुत ढकालले वैधानिक रेमिट्यान्सलाई बढावा दिने अभियानमा आफ्नोतर्फबाट पूर्ण साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

हमालले दुबई र अबुधावी शहरमा रहेका लुलु एक्सचेन्जका विभिन्न शाखा तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई क्याम्पमा गएर इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश” अभियानबारे जानकारी दिनुका साथै विदेशबाट वैधानिक माध्यमबाट सोझै नेपालका बैंक खाता र इसेवा वालेटमा पैसा पठाउनुका सहजता र फाइदाबारे अवगत गराएका थिए। हमाल ब्राण्ड एम्बेसेडरको रुपमा इसेवा मनी ट्रान्सफरसंग आवद्ध रहेका छन् र सक्रिय रुपमा देश तथा विदेशमा “मेरो डिजिटल देश“ अभियानको प्रवर्धनमा क्रियासिल रहेका छन्।

के हो त इसेवा मनी ट्रान्सफर ?
मेरो डिजिटल देश अभियान देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा अभियान हो। विदेशबाट वैधानिक र डिजिटल माध्यमबाट नेपालमा पाउने व्यक्तिको बैंक खाता वा वालेटमा पैसा भित्राउँदै डिजिटल माध्यमबाट पठाउँदा हुने सहजताको प्रचार प्रसार गर्दै पैसा पठाउने र पाउने शैलीलाई डिजिटाइज गर्न मद्दत पुर्याउने र देशको अर्थतन्त्र सुदृधिकरणमा समेत मद्दत पुर्याउने यस अभियानको मुख्य उद्देश्य रहेको छ।

कसरी सहभागी बन्ने यस अभियानमा ?
विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पाउनुहुने व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाएर अभियान अन्तर्गतको योजनामा सहभागी हुन सकिनेछ। साथै, विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ।

के पाइन्छ यस अभियानमा सहभागी बने बापत ?
यस अभियान अन्तर्गतको योजनामा सहभागी बने वापत महिनै पिछे ६ महिनाको अवधिसम्म १ जनाले सर्प्राइज गिफ्ट प्याकेज पाउने छन् । भने १ जनाले योजनाको अन्त्यमा काठमाडौँमा सपनाको घर जित्न सक्नुहुनेछ।

इसेवा मनि ट्रान्सफरको बारे
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

प्रतिक्रिया