स्मार्ट क्युआरमा सहकारीहरूको मोबाइल बैकिङ एप-एम डबली मार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) द्वारा संचालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूलाई एम डबलीमार्फत भुक्तानी गर्न सकिने भएको छ ।
इन्फो डेभलपरद्वारा संचालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो । हाल १ सय ७० भन्दा धेरै सहकारीमा संचालनमा ल्याईएको एम डबली (mDabali) मा स्मार्ट क्युआर सेवा सुरु गरिएको हो ।
हाल आर्जन बचत तथा ऋण सहकारीका एम डबली प्रयोगकर्ताले यो सुबिधा लिन सक्नेछन भने छिट्टै नै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले जानकारी दिए ।
भाट-भटेनी सुपर मार्केट, बीग मार्ट, एक्सप्रेस मार्ट, किराना, बीग डिजिटल लगाएतका १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु आवद्ध स्मार्ट क्युआर नेटवर्कमा हालसम्म बैंक तथा वालेटहरु मात्र आवद्ध रही आएकोमा अवदेखि एम डबलीमार्फत सहकारीका सदस्यहरुले पनि यो सुबिधा मार्फत लाभ लिन सक्ने कुराले आफुहरु उत्साहित भएको स्मार्टच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले जनाए ।
यो सेवा संचालन गर्नका लागि इच्छुक सहकारीहरूले स्मार्टच्वाईस टेक्नोलोजिज वा इन्फो डेभलपरमा सिधैं सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

















उसु टोली चीन जाने
आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्न सहकार्य
Chitwan and Koshi face severe blood crisis, Red Cross appeals for blood donation
सुनसरीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते
वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया