कतार विश्वकप २०२२
फ्रान्स र अष्ट्रेलिया समुह डी बाट नकआउट चरणमा
ट्युनिसिया र डेनमार्क समुह चरणबाटै बाहिरियो

काठमाडौं । कतारमा जारी विश्वकप फुटवल मा समुह डी बाट फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा पुगेको छ । यो समुहबाट फ्रान्स विजेता र अष्ट्रेलिया उपविजेता भई नकआउट चरणमा पुगेको हो ।
फ्रान्सले बुधबार भएको खेलमा टियुनिसिया सँग बराबरी खेल खेल्दै समुह विजेता बनेको हो । त्यस्तै अष्ट्रेलियाले बलियो प्रतिस्पर्धी डेनमार्कलाई १-० गोल अन्तरले पराजित गदैं नकआउट चरणको यात्रा सुरक्षित गरेको हो ।
अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गर्ने पहिलो एसियाली राष्ट्र बनेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा डेनमार्कले तुलनात्माक रुपमा बढी अवसर पाएको थियो । तर गोलरक्षक म्याट रायन र डिफेन्डरद्वय काइल रोवल्स र ह्यारी सुटरले डेनिस आक्रमणलाई पोस्टतर्फ जान दिएनन् । काउन्टर अट्याकमा केहि अवसर सिर्जना गरेको अष्ट्रेलियाले दोस्रो हाफमा भने रणनीति परिवर्तन गर्यो ।
मिडफिल्डमा खेलाडी थप्दै विंगमा खेलिरहेका म्याथ्यु लेकीलाई काउन्टर अट्याकमा राख्ने ग्राहम आर्नोल्डको रणनीतिले गोल सम्भव भयो । लेकीले आफ्नो गति र संयमताको प्रयोग गर्दै काउन्टर अट्याकमा अष्ट्रेलियालाई अग्रता दिलाए । त्यसपछि अनुशासित डिफेन्स गर्दै अष्ट्रेलिया जितसम्म पुग्न सफल भयो ।
पहिलो हाफ गोलरहित रहेपछि अष्ट्रेलियाले दोस्रो हाफमा गोल गर्यो । म्याथ्यु लेकीले ६० औं मिनेटमा एकल प्रयासमा सानदार गोल गर्दै अग्रता दिलाए । आफ्नो हाफबाट राइली मक्ग्रीले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासलाई लेकीले पेनाल्टी क्षेत्रभित्र लगेर गोल गरेका थिए । उनले संयमित रुपमा बल राख्दै दुई डिफेन्डर र गोलरक्षकको चुनौती पार गरेका थिए ।
८८ औं मिनेटमा डेनमार्कका एलेक्जेन्डर बाहको प्रहार पोस्टभन्दा बाहिर जाँदा डेनमार्क बराबरी गोल गर्नबाट चुकेको थियो ।
त्यस्तै फ्रान्स र टियुनिसियाको खेलमा फ्रान्स पराजित हुन पुगेको थियो । टियुनिसियासँग फ्रान्स १-० ले पराजित भएको हो। तर पनि यस अगाडीका समुह चरणका दुवै खेलमा फ्रान्सले जितेकोले फ्रान्स समुह विजेता बन्दै पहिले नै नकआउट चरणमा प्रवेश गरिसकेको थियो । बुधबारको खेलमा हारको बाबजुद पनि फ्रान्स नकआउट चरणमा सुरक्षित बनेको हो । टियुनिसियाले ५१ बर्षपछि फ्रान्सलाई खेलमा पराजित गरेपनि उसले समुह चरणबाटै विदा लिनु परेको छ ।
खेलको अन्तिम मिनेटमा फ्रान्सका एन्टोनी ग्रिजम्यानले गोल गरे पनि त्यसलाई रेफ्रिले अफसाइड गोलका रुपमा घोषणा गरेपछि ट्युनिसियाले खेल जितेको हो।
दुई खेलमै नकआउटमा स्थान पक्का गरेपछि फ्रान्सले प्रमुख खेलाडीलाई विश्राम दिँदा पराजय व्यहोर्नु परेको हो।
अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई हराएपछि ट्युनिसिया समूह चरणबाट बाहिरियो ।
फ्रान्स भने हारका बाबजुद समूह विजेता बन्न सफल रहयो । फ्रान्स र अष्ट्रेलियाले ३ खेलमा २ जित र १ हारसहित ६ अंक जोडे । फ्रान्स गोल अन्तरमा अघि रहेर समूह विजेता बन्यो । ट्युनिसिया ३ खेलमा ४ अंक जोडेपनि समूहको तेस्रो स्थानमा सिमित रहेर प्रतियोगिताबाट बाहिरियो । डेनमार्क १ अंकसहित पुछारमा रहयो ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया