रुसद्वारा पूर्वी युक्रेनका दुई बस्ती कब्जा
मेरोन्यूज
२०७९ मंसिर १५ गते ९:२६

किभ । युद्धग्रस्त सहर बाख्मुट नजिकै दुई पूर्वी युक्रेनी बस्ती कब्जा गरेको रुसी सेनाले जनाएको छ । उक्त सहरलाई मस्कोले लामो समयदेखि कब्जा गर्न खोजिरहेको जनाइएको थियो ।
दोनेत्स्क क्षेत्रमा आक्रमक कारबाहीपछि रुसी सेनाले बिलोगोरिभका र पर्से ट्राभन्याका बस्तीहरू पूर्ण रूपमा मुक्त गरेको रुसी सेनाले दाबी गरेको छ ।
बिलोग्रोरिभ बाख्मुटबाट २५ किलोमिटर उत्तरमा पर्छ । खेरसन र खार्किभबाट पछि हटेको हताश रुसी सशस्त्र सेनाले बाख्मुतको लडाइँमा आफ्नो सम्पूर्ण शक्ति लगाएपछि सानो उपलब्धी प्राप्त गरेको छ ।
रुसी भाडाका सैनिकहरु र भर्खरै परिचालन गरिएका सेनाहरू यस क्षेत्रमा मस्कोका लागि लडिरहेका जनाइएको छ ।एजेन्सी
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया