उडिरहेको विमानको ढोका यात्रुले खोल्न खोजेपछि…

न्युयोर्क।अमेरिकाको एउटा उडानमा रहेको रहेको विमानले आपतकालीन अवतरण गर्नु परेपछि उडानको नियम विपरित काम गर्ने एक महिला पक्राउ परेकी छिन् । ३७ हजार फिटको उडानमा रहेको विमानको ढोका खोल्ने प्रयास गर्ने महिला पक्राउ परेकी हुन् । पूर्वी जिल्ला अर्कान्ससको एउटा अदालतले जारी गरेको कागजातअनुसार विमानको झ्याल खोल्ने ३४ वर्षीय महिला इलोन एगबेगिनियस पक्राउ परेकी हुन् ।
उडानको विचमा उनले ‘जिससले विमानको ढोका खोल्न भनेको’ भन्दै उनले ढोका खोल्ने प्रयास गरेकी थिइन् । शनिबार हुस्टनबाट कोलम्बसका लागि उडेको साउदवेस्ट फ्लाइटको उडानका क्रममा अचम्मलाग्दो उक्त घटना भएको थियो ।
उडान परिचारकहरूले उनलाई आपत्कालीन एक्जिटमा जानबाट रोकेपछि इलोनले उडानको ढोका खोल्ने प्रयास गरेकी थिइन । महिलाको कदमले अचम्म परेका एक यात्रुले उनलाई रोक्न खोजेका थिए तर महिलाले उनको तिग्रामा टोकिदिएकी थिइन् । विवरणअनुसार महिलाबाट उम्कन ती पुरुषले उनको मुखमा आफ्नो औँला हाल्नु परेको थियो ।
अदालतको कागजात अनुसार ती महिला विमानको पछाडितर्फ पुगेर एक्जिट डोरमा एकहोरो हेरेकी थिइन । विमान परिचार तत्काल घटनास्थलमा पुगेर बाथरुम प्रयोग गर्न वा बस्न अनुरोध गरेका थिए ।एजेन्सी
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया