चीनमा राष्ट्रव्यापी विरोध प्रदर्शनपछि कोभिड प्रतिबन्ध खुकुलो बनाउने संकेत

बेइजिङ । तालाबन्दी र वृहत राजनीतिक स्वतन्त्रताको अन्त्यको लागि आह्वान गर्दै राष्ट्रव्यापी विरोध प्रदर्शनपछि, चीनका शीर्ष कोभिड अधिकारीले भाइरसप्रति शून्य–सहिष्णुता नीतिलाई सहज बनाउने संकेत गरेका छन् ।
चीनको शून्य–कोभिड नीति– सामूहिक तालाबन्दी, निरन्तर परीक्षण र संक्रमित नभएका मानिसहरूका लागि पनि क्वारेन्टाइन जस्ता विषयप्रति आक्रोशित सर्वसाधारणहरुल बेइजिङ, सांघाई र गुआन्झाउलगायतका प्रमुख शहरहरूमा विरोध प्रदर्शन गरेका छन् ।
प्रर्दशनलाई दमन गर्न अधिकारीहरूले आह्वान गरेका छन । उनीहरुले भाइरसप्रतिको रणनीतिलाई सहज र केही खुकुलो पार्ने संकेत पनि गरेका छन् । बुधबार राष्ट्रिय स्वास्थ्य आयोगमा बोल्दै उपप्रधानमन्त्री सुन चुनलानले ओमिक्रोन भेरियन्ट कमजोर हुँदै गएको र खोपको दरमा सुधार भइरहेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
अर्थतन्त्र र दैनिक जीवनमा बाधा पु¥याउने शून्य–कोविड नीतिबारे भने उनले केही उल्लेख गरिनन् । अधिकारीहरूले बुधवार शहरका ११ जिल्लाहरूमा विभिन्न कोभिड प्रतिबन्धहरूलाई केही सहज बनाएका प्राप्त विवरणहरुमा जनाइएको छ । एजेन्सी


















‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी : आयल निगम
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
रोबोटले तोड्यो मानव कीर्तिमान
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया