श्रोत नखुलेको साढे ११ रुपैयाँसहित दुई जना पक्राउ
मेरोन्यूज
२०७९ मंसिर १५ गते १८:२५
काठमाडौँ । रौतहटको गौर नगरपालिका ५ स्थित बरहवा पुल इलाकाबाट मंसिर १४ गते सशस्त्र प्रहरीले ११ लाख ३९ हजार रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका ४ संग्रामपुर बस्ने २९ वर्षीय राजु कुमार यादव र सोही नगरपालिका ९ बरियारपुर बस्ने ३३ वर्षीय राजेश प्रसाद यादव छन् ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले प्रदेश ३-०२-०१३ प ४९५६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको साथमा फेला पारेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरूलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ ।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया