शुक्रबार, चैत ६, २०८२

नेपालको रेमिट्यान्स साढे आठ अर्ब डलर पुग्ने : विश्व बैंक

मेरोन्यूज २०७९ मंसिर १७ गते १५:३५

काठमाडौँ । नेपालले यस वर्ष (सन् २०२२) साढे आठ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्र्याउने अनुमान गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

विश्व बैंकले हालै सार्वजनिक गरेको ‘माइग्रेसन एण्ड डेभलपमेण्ट ब्रिफ’ रिपोर्टअनुसार गत वर्ष आठ अर्ब २० करोड अमेरिकी डलर बराबर रेमिट्यान्स भित्र्याएको नेपालले यस वर्ष साढे आठ अर्ब अमेरिकी डलर भित्र्याउने जनाएको हो ।

कूल गार्हस्थ्य उत्पादन (जीडीपी) आकारको तुलनामा बढी रेमिट्यान्स भित्र्याउने मुलुकमा नेपाल अग्र स्थानमा छ । नेपालले सन् २०२२ मा कूल जीडीपीको २२ प्रतिशत बराबर रेमिट्यान्स आर्जन गर्ने अनुमान विश्व बैंकको छ ।

सन् २०२२ मा विश्वव्यापी रेमिट्यान्स प्रवाहको वृद्धिदर चार दशमलव नौ प्रतिशत हुने अपेक्षा विश्व बैंकको छ । गत वर्ष अर्थात् सन् ०२१ मा विश्वभर पछिल्लो एक दशकयताकै उच्च रेमिट्यान्स परिचालन भएको थियो ।

सन् २०२० को तुलनामा सन् २०२१ मा १० दशमलव दुई प्रतिशतले रेमिट्यान्स प्रवाह बढेको विश्व बैंकको रिपोर्टमा उल्लेख छ । कोभिड महामारी, रुस–युक्रेन युद्ध, विश्वभर देखिएको मूल्य वृद्धिलगायत समस्याको असर आप्रवासी कामदार र रेमिट्यान्समा पनि देखिएको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया