खिलशर्म–राजीवलोचन जोशी पुरस्कार साहित्यकार फुयाँललाई

काठमाडौँ । यस वर्षको खिलशर्म राजीवलोचन जोशी स्मृति पुरस्कार वरिष्ठ साहित्यकार श्रीहरि फुयाँललाई प्रदान गरिएको छ ।
खिलशर्म–राजीवलोचन जोशी प्रतिष्ठानद्वारा राजीवलोचन जोशीको ९४औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनलाई २० हजार राशिको उक्त पुरस्कारबाट सम्मान गरिएको हो ।
नेपाली साहित्यको विविध क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि निरन्तर सेवा गरेको भन्दै प्रतिष्ठानले साहित्यकार फुयाँललाइ सम्मानित गरेको हो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति जगमान गुरुङले फुयाँललाई बधाई दिँदै नेपाली साहित्यको माध्यमिक कालमा साहित्यकार राजीवलोचन जोशीको महत्वपूर्ण योगदान रहेको बताए ।
“साहित्यकारलाई सम्मान गर्दा समग्रमा राज्यकै सम्मान हुन्छयसबाट देशको उन्नति प्रगति हुन्छ”, उनले भने, “यस प्रतिष्ठानले शास्त्रीय मर्यादालाई कायम राखेको छ, साहित्य र साहित्यकारको सम्मानमा गरेको काम प्रसंशनीय छ ।”










प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा ताेकिए मतदान केन्द्र
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
प्रतिक्रिया