खिलशर्म–राजीवलोचन जोशी पुरस्कार साहित्यकार फुयाँललाई

काठमाडौँ । यस वर्षको खिलशर्म राजीवलोचन जोशी स्मृति पुरस्कार वरिष्ठ साहित्यकार श्रीहरि फुयाँललाई प्रदान गरिएको छ ।
खिलशर्म–राजीवलोचन जोशी प्रतिष्ठानद्वारा राजीवलोचन जोशीको ९४औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनलाई २० हजार राशिको उक्त पुरस्कारबाट सम्मान गरिएको हो ।
नेपाली साहित्यको विविध क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि निरन्तर सेवा गरेको भन्दै प्रतिष्ठानले साहित्यकार फुयाँललाइ सम्मानित गरेको हो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति जगमान गुरुङले फुयाँललाई बधाई दिँदै नेपाली साहित्यको माध्यमिक कालमा साहित्यकार राजीवलोचन जोशीको महत्वपूर्ण योगदान रहेको बताए ।
“साहित्यकारलाई सम्मान गर्दा समग्रमा राज्यकै सम्मान हुन्छयसबाट देशको उन्नति प्रगति हुन्छ”, उनले भने, “यस प्रतिष्ठानले शास्त्रीय मर्यादालाई कायम राखेको छ, साहित्य र साहित्यकारको सम्मानमा गरेको काम प्रसंशनीय छ ।”
















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया