पाकिस्तानमा सैनिक कारबाहीमा आतङ्ककारी समूहका एक कमाण्डरको मृत्यु
काठमाडौँ । पाकिस्तानको सेनाले जारी राखेको आतङ्ककारीविरुद्धको कारबाहीका क्रममा शनिबार एक आतङ्ककारी समूहका कमाण्डरको ज्यान गएको बताइएको छ ।
पाकिस्तानको उत्तरी वाजिरिस्तानमा ती कमाण्डरमा मारिएका यहाँको सेनाले जानकारी दिएको छ । शनिबार राति पाकिस्तानी सेनाले गरेको विशेष कारबाहीमा उनी मारिएका यहाँको सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।
पाकिस्तानी सेनाको मिडिया विभाग, आइएसपिआरले सो कुराको जानकारी गराएको हो । उत्तरी वाजिरिस्तानको सेवा जिल्लामा सेना र आतङ्ककारी समूहका सदस्यका बीचमा दुई पक्षीय भिडन्त भएको थियो ।
दुवै तर्फबाट गोली प्रहार भएको र सैनिकको गोली लागेर ती कमाण्डर सरकाई छद्म नामले चिनिने मोहम्मद नुर मारिएका हुन् । उनले सो क्षेत्रका सर्वसाधारण तथा प्रहरीको हत्या गर्ने, मानिसलाई अपहरण गर्ने र फिरौती माग्ने जस्ता काम गरेका थिए ।
उनी यहाँका सुरक्षा निकायको सर्वाधिक खोजीको सूचीमा रहेका पनि सो विज्ञप्तिमा जनाइएको छ । पाकिस्तानी सेनाले यहाँका नागरिकको सर्वाधिक खोजीको सूचीमा रहेका मोहम्मद नुरको ज्यान गएको र त्यस कारबाहीका क्रममा अरु केही आतङ्ककारी तथा पाकिस्तानी सेनाका सदस्य घाइते भएका पुष्टि गरेको हो ।
















लगातार ४ दिन घटेकाे सेयर बजार आज बढ्याे
प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गरिने छः मुख्यमन्त्री शाह
२८ गते संसद् बैठक बोलाउन सरकारको सिफारिस
अमेरिकाद्वारा कार्गो डुङ्गाहरूमा आक्रमण, ५ जनाको मृत्यु
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया