बिहीबार, चैत १२, २०८२

भ्याली पब्लिक र ग्रिनफिल्डलाई उपाधि

मेरोन्यूज २०७९ मंसिर १९ गते ६:५९


काठमाडौं आयोजक भ्याली पब्लिक र ग्रिनफिल्डले १५ औं माछापुच्छ«े–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । भ्याली पब्लिकले दोहोरो उपाधि चुम्यो ।  भ्याली पब्लिक सिनियर ब्वाइज र सिनियर गल्र्समा च्याम्पियन बन्यो । ग्रिनफिल्ड जुनियर ब्वाइजमा पहिलो   भयो । सुन्दरबस्तीको भंगालस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले गोल्डेनपिकलाई ४५–३८ ले हरायो । भ्याली पब्लिकका टिशान्त लामाले १६ स्कोर गरे ।

Advertisement
nepal life insurencenepal life insurence

सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले काष्ठमण्डपमाथि २१–२० ले हरायो । भ्याली पब्लिककी मुस्कान गुरुङले ९ अंक जोडिन् । जुनियर ब्वाइज फाइनलमा ग्रिनफिल्डले बसुन्धारा नेसनल एकेडेमी ९बीएनए० लाई ३१–२५ ले पाखा लगायो । ग्रिनफिल्डका अर्जुन बस्नेतले २४ अंक जोडे ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका छिरिङ डेन्डुप लामा, सिनियर गल्र्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा ग्रिनफिल्डका अर्जुन बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा सुशान्त चौधरी, सिनियर गल्र्समा मुस्कान गुरुङ र जुनियर ब्वाइजमा छिमे तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । तीनै भ्याली पब्लिकका हुन् ।

सिनियर ब्वाइजमा गोल्डेनपिकका दिनेश रापाल, सिनियर गल्र्समा काष्ठमण्डपकी रिया राई र जुनियर ब्वाइजमा बीएनएका एलेक्स गुरुङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । सिनियर ब्वाइजमा पृथ्वी, सिनियर गल्र्समा केभीकेएसएस र जुनियर ब्वाइजमा ह्वाइटफिल्ड अनुशासित टिम ठहरिए ।

विजेतालाई प्याब्सनका केन्द्रीय महासचिव आरबी कट्वाल, टोखा प्याब्सनका अध्यक्ष टंक चापागाईं, भ्याली पब्लिक व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर गुरुङ, भ्याली पब्लिकका प्रिन्सिपल कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत  गरे । सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिम सहभागी थिए ।

प्रतिक्रिया