शुक्रबार, वैशाख १८, २०८३

बागमती प्रदेशमा डेङ्गुको सङ्ख्या ४२ हजारभन्दा बढी पुग्यो

मेरोन्यूज २०७९ मंसिर १९ गते २०:०४

काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको सङ्ख्या ४२ हजार सात पुगेको जानकारी दिइएको छ ।

Advertisement
NiccNicc

बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि आजसम्ममा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ४२ हजार सात पुगेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

डेङ्गुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँ र सबैभन्दा कम रसुवा जिल्ला रहेको छ । काठमाडौँ जिल्लामा ११ हजार १२७ डेङ्गुका बिरामी फेला परेका छन् । रसुवा जिल्लामा ११ मा मात्र डेङ्गुका सङ्क्रमित फेला परेको बताइएको छ ।

डेङ्गुको सङ्क्रमणबाट ललितपुरमा नौ हजार ६०३, मकवानपुरमा पाँच हजार ८२२, भक्तपुरमा एक हजार १२४, चितवनमा तीन हजार १५९, धादिङमा एक हजार ६४५, काभ्रेमा ५३६, रामेछापमा २३४, सिन्धुपाल्चोकमा २०९, नुवाकोटमा, २७३, सिन्धुलीमा १७० र दोलखा जिल्लामा १०४ जना बिरामी भएको सो निर्देशनालयबाट प्राप्त विवरणमा जनाइएको छ ।

त्यसैगरी प्रदेशमा हालसम्म डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २३ पुगेको बताइएको छ । काठमाडौँका सात, सिन्धुली र रामेछापका तीन–तीन, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका दुई–दुई र धादिङका एक–एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया