लागू औषध मुद्दाका फरार अभियुक्त चार वर्षपछि पक्राउ

काठमाडौँ । लागू औषध मुद्दामा एक वर्ष कैद फैसला भई फरार अभियुक्त चार वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका १० का पुन्ने प्रसाद चौधरी रहेका छन् ।
०७५ जेठ २६ गते राति करिब सवा ८ बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका २ योगिकुटीस्थित प्रहरीद्वारा जाँच गर्ने क्रममा उनी लागू औषधसहित पक्राउ परेका हुन् ।
प्रहरीले उनलाई भारत सुनौली बजार गई १२ सय रुपैयाँको एक ग्राम ५०० मिलिग्राम लागू औषध ब्राउन सुगर किनेर ल्याउँदै गर्दा पक्राउ गरेको थियो ।
त्यसपछि लागू औषध मुद्दा दर्ता गरिएकोमा अनुसन्धान पश्चात जिल्ला अदालत रुपन्देहीको थुनछेक आदेशले १० हजार धरौटी माग भएकोमा धरौट जम्मा गरेपश्चात उनी रिहा भएका थिए ।
त्यसपछि जिल्ला अदालत रुपन्देहीको ०७५ मंसिर २६ गतेको फैसलाले एक वर्ष कैद फैसला भएकोमा फैसला पश्चात् उनी फरार थिए । फरार रहेका चौधरीलाई इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीको प्रहरी निरीक्षक सहितको टोलीले खोजतलास गर्दा पक्राउ परेका हुन् ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएकोमा अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
प्रतिक्रिया