कतार विश्वकप २०२२
दक्षिण कोरियाविरुद्ध ब्राजिलको पहिलो हाफमै ४ गोल

काठमाडौं । ब्राजिलले दक्षिण कोरियाविरुद्ध खेलकोपहिलो हाफमै ४ गोल गरेको छ । कतारमा जारी विश्वकप फुटबलकोअन्तिम १६ को खेलमा दक्षिण कोरियाविरुद्ध ब्राजिलले आक्रमक खेल सुरु गरेको हो ।
पहिलो हाफमै ४ गोल गरेर फराकिलो अग्रता ब्राजिलले बनायो ।
खेलको सातौं मिनेटमा ब्राजिलले भिनीसियस जुनिअरको गोलमा अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र आएको बललाई उनले नियन्त्रणमा राख्दै संयमित फिनिस गरे । उनले बायाँ भागबाट गरेको प्रहारमा कोरियाली डिफेन्स र गोलरक्षक बिट भएका थिए ।
१३ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गरे । पेनाल्टी क्षेत्रभित्र रिचार्लीसनलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । २९ औं मिनेटमा रिचार्लीसनले ब्राजिललाई ३ गोलले अघि राखे । उनी आफैंले पेनाल्टी क्षेत्र बाहिर उत्कृष्ट बल नियन्त्रण गर्दै सुरु गरेको मुभ अन्त्यमा फिनिस गरेका थिए । थियागो सिल्भाले दिएको अन्तिम पासलाई उनले सहजै फिनिस गरेका थिए ।
३६ औं मिनेटमा ब्राजिलले चौथो गोल थप्यो । भिनिसियस जुनिअरको पासमा लुकास पाक्वेटाले गोल गरेका थिए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया