यसकारण राखियो स्टेडियम ९७४ नाम

काठमाडौं। पहिलो पटक मध्यपूर्वमा आयोजना भएको कतार विश्वकपलाई लिएर अहिले चौतर्फी चासो छ । विश्वकप आयोजना भइरहेका स्टेडियमप्रति पनि धेरैको चासो छ । प्रतियोगिताका लागि कतारले विगत एक दशकमा सात नयाँ रंगशालाहरू निर्माण गरेको छ र अर्कोलाई मर्मत गरेको छ ।
तर, ती सात स्टेडियमहरूमध्येको दोहामा निर्मित स्टेडियम ९७४ अद्वितीय निर्माणका लागि प्रख्यात छ । स्टेडियम रिसाइकल सिपिङ कन्टेनरबाट निर्माण गरिएको हो ।
रंगशाला निर्माण गर्न ९७४ वटा ढुवानी कन्टेनरको प्रयोग भएकोले पनि यस रंगशालाको नाम ’९७४’ राखिएको हो । खाडी देशको अन्तर्राष्ट्रिय डायलिङ कोड पनि ९७४ नै हो ।
प्रतियागितापछि स्टेडियम पूर्ण रूपमा भत्काउन र पुनः प्रयोग गर्न सकिने आयोजकले जनाएको छ । सोमबार, फिफा विश्वकपको आधिकारिक ट्विटर पेजले स्टेडियम ९७४ को ३६० डिग्री फुटेज सेयर ग¥यो । भिडियो सेयर गर्दै फिफाले लेखेको छ, ‘ सिपिङ कन्टेनरबाट निर्मित । स्टेडियम पूर्ण रूपमा भत्काउन र प्रतियागितापछि पछि पुनः प्रयोग गर्न सकिन्छ ।’
आयोजकका अनुसार बन्दरगाहको ढाँचाका रूपमा निर्माण गरिएको सो रंगशालाको सिट क्षमता ४० हजार छ । एजेन्सी
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया