यस्तो छ आजको विदेशी विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंलबारकाे लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ ५७ पैसा र विक्री मूल्य १३१ रुपैयाँ १७ पैसा तोकिएको छ। मंगलबार ६ पैसाले वृद्धि भएको अमेरिकी डलर सोमबार भने १२९ रुपैयाँ ८२ पैसा र विक्री मूल्य १३० रुपैयाँ ४२ पैसामा कारोबार भएको थियो ।
याता, युरोपियन युरो ६३ पैसाले वृद्धि भइ एकको खरिद दर १३७ रुपैयाँ ८७ पैसा र विक्री दर १३८ रुपैयाँ ५० पैसा कायम रहेको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिद दर १३६ रुपैया ८३ पैसा विक्री दर १३७ रुपैयाँ ४६ पैसामा कारोबार भएको थियो ।
अष्ट्रेलियन डलर ४१ पैसाले वृद्धि भइ एकको खरिद दर ८८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३९ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, क्यानेडियन डलर ४४ पैसाले उकालो लागेको छ भने सोमबार ३३ पैसाले ओरालो लागेका थियो । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा कायम रहेको छ । सिंगापुरे डलर ४४ पैसाले उकालो लागी एकको खरिद दर ९६ रुपैयाँ ८२ पैसा र विक्री दर ९७ रुपैयाँ २६ पैसामा खरिद बिक्री भइरहेको छ ।
जापानी येन १० एकको खरिदमा ९ रुपैयाँ ६५ पैसा र विक्रीमा ९ रुपैयाँ ७० पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैसा रहेको छ।
साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य ३४ खरिद दर ८९ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा विक्री दर ३५ रुपैयाँ ७६ पैसा रहेको र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया