अतिरिक्त स्वास्थ्य सचिव २ जनाका लागि २१ जनाको आवेदन : प्रदेशदेखि केन्द्रका महाशाखा प्रमुखसम्म

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) मा बढुवाका लागि मन्त्रालयकै महत्त्वपूर्ण महाशाखाका प्रमुखदेखि अस्पतालका प्रमुख कन्सल्टेन्टसम्मको आवेदन परेको छ । रिक्त दुई पदका कात्तिक ३० गते १५ दिनको म्याद राखेर बढुवाका लागि आवेदन खुला गरिएको थियो । जसमा २१ जनाको आवेदन परेको छ । मन्त्रालयले १२औँ तहका विज्ञ सचिवलाई अतिरिक्त स्वास्थ्य सचिवको पद दिँदै आएको छ ।
बढुवाका लागि आवेदन दिनेमा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटा, प्रदेश अस्पताल भद्रपुरका डा। टंक बराकोटी, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा.सुधा देवकोटा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा। कृष्णप्रसाद पौडेल, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनील शर्मा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय छन् ।
यस्तै, गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रका डा. विनोदविन्दु शर्मा, वाग्मती स्वास्थ्य मन्त्रालयका सचिव डा. बद्रीबहादुर खड्का, स्वास्थ्य विभाग नर्सिङ महाशाखा प्रमुख गोमा निरौला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा। श्रीकृष्ण श्रेष्ठ, वीर अस्पतालका डा. सरोज शर्मा, स्वास्थ्य निर्देशनालय लुम्बिनीका डा. विनोदकुमार गिरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. मनीषा रावल, परोपकार प्रसूति अस्पतालका डा.आमिरबाबु श्रेष्ठ, स्वास्थ्य मन्त्रालयमा रहेका नारायण ढकाल, डा.सञ्जय ठाकुर, कान्ति बाल अस्पतालका डा. अजित रायमाझीले त्यसका लागि व्यक्तिगत विवरण बुझाएका छन् ।
त्यसैगरी, राष्ट्रिय ट्रमा सेन्टरका डा. रुद्र मरासिनी, भेरी अस्पतालका डा. राजन पाण्डे, कर्णाली प्रदेश अस्पतालका डा। केशरबहादुर ढकालले पनि बढुवाका लागि आवेदन दिएका छन् ।
यीमध्येबाट बढुवा सिफारिस समितिले तीनजनाको नाम छनोट गरेर मन्त्रिपरिषद्मा पठाउनेछ । मन्त्रिपरिषद्को निर्णयबाट दुईजना अतिरिक्त सचिवमा बढुवा हुनेछन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया