जो तीन वर्षपछि फेरि आँखा देख्ने भए !

काठमाडौँ । पाँच पोखरी थाङ्पाल गाउँपालिका ६ का ६८ वर्षे रेञ्जेन लामा सोमबार निकै खुसी देखिए ।
तीन वर्षअघि गुमेको आँखाको ज्योति फर्किँदाको खुसी उनको मुहारमा स्पष्ट देखिन्थ्यो । उपचारपछि आँखा देख्न सक्ने भएका उनी खुसीले नाचे ।
तिलगंगा सामुदायिक आँखा केन्द्रले सोमबार मेलम्चीमा सञ्चालन गरेको निःशुल्क मोतिविन्दु शिविरमा आएका उनले आर्थिक अवस्था कमजोर हुँदा तीन वर्षदेखि उपचार गर्न पाएका थिएनन् ।
लामा जस्तै आँखाको ज्योति फिर्ता पाएर खुसी हुनेको संख्या धेरै थियो । मेलम्ची नगरपालिका १२ का बाबुराम भुजेलको आँखाको ज्योति पनि शिविरमा उपचार गराएपछि फर्किएको छ । शिविरमा आउँदा अरुको साहरामा आएका उनी घर जाँदा आफै हिँड्दै फर्किए ।
शिविरमा आएकी ७२ वर्षीय लीलामाया थापाले लामो समयपछि आँखाले हेर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनीसँगै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका ६५ वर्षीय निरमाई तामाङले पनि उपचार पाएकोमा शिविर आयोजना गर्नेलाई धन्यवाद दिइन् ।
मेलम्ची नगरपालिकाका साथै हेलम्बु, पाँचपोखरी थाङ्पाल, र इन्द्रावती गाउँपालिकामा मङ्सिर नौ देखि १५ सम्म मोतिविन्दु छनोट शिविर सञ्चालन भएको थियो ।
शिविरमा आयोजकले एक सय जना बिरामीको खाजा, खाना र बस्ने व्यवस्थासहित उपचार गराएको थियो ।
















डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया