समानुपातिक मतका आधारमा सात दल मात्रै बन्यो राष्ट्रिय दल (सूचीसहित)
मेरोन्यूज
२०७९ मंसिर २० गते १९:३९

काठमाडौँ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फका मत परिणाम सार्वजनिक भएको छ । जसमा जम्मा सात राजनीतिक दल मात्रै राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले समानुपातिक तर्फको मत गणना सकिएको जानकारी दिँदै कूल सदर मतको ३ प्रतिशत कटाएका सात दल मात्रै राष्ट्रिय दल बनेको जानकारी दिए ।
मत परिणामअनुसार राष्ट्रिय दल बन्न थ्रेस होल्ड कटाउन आवश्यक तीन लाख १६ हजार ८०२ मत पाउन पर्दछ । समानुपातिक मतका अनुसार नेकपा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाउँदै पहिलो दल बनेको छ ।
यस्तै, कांग्रेसले २७ लाख १५ हजार २२५ मत, नेकपा माअोवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत र सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत पाएको छ ।




सम्बन्धित
















माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो
प्रतिनिधिसभा निर्वाचनः काभ्रेका ८८ मतदानस्थल ‘संवेदनशील’
रुपन्देही-२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
पाकिस्तानको कराँचीस्थित मलमा लागेको आगलागीमा मृतक सङ्ख्या ६७ पुग्यो
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया