गोंगबुबाट अवैध लागु औषधसहित १९ जना पक्राउ
मेरोन्यूज
२०७९ मंसिर २१ गते १४:४०

काठमाडौं / गोंगबुबाट अवैध लागु औषध ब्राउन सुगरसहित १९ जना पक्राउ परेका छन् । टोखा नगरपालिका-१० गोंगबु बस्ने ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम १९ मिलिग्राम र उनीसहित १९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
मगरको कोठामा लागू औषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले खानतलासीका क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार उक्त कोठाबाट अवैध लागु औषधसँगै ६५ हजार ५० रुपैयाँ नगद पनि बरामद गरिएको छ ।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
प्रतिक्रिया