आइतबार, वैशाख २०, २०८३

आणविक युद्धको खतरा बढेको छः पुटिन

मेरोन्यूज २०७९ मंसिर २२ गते १२:४२

मस्को / रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक युद्धको खतरा बढ्दै गएको बताएका छन् ।  रुसको मानवअधिकार परिषद्को वार्षिक बैठकमा बोल्दै उनले युक्रेनमा युद्ध ‘लामो प्रक्रिया’ हुनसक्ने बताए ।  आणविक युद्धको सम्भावनाको बारेमा मस्कोबाट गरेको भर्चुअल सम्बोधनमा उनले चेतावनी दिए ‘यस्तो खतरा बढ्दै गएको छ, यसलाई लुकाउनु गलत हुनेछ ।’

Advertisement
NiccNicc

रुसले पहिले आफ्नो आणविक हतियार प्रयोग नगर्ने कुरामा समेत उनले जोड दिएका छन् । 

पुटिनले आफ्नो देशले आक्रमणको जवाफमा मात्र सामूहिक विनाशका हतियार प्रयोग गर्ने चेतावनी दिए ।पुटिनले सुरुमा द्रुत विजयको लागि योजना बनाएका पश्चिमी अधिकारीहरूको विश्वास छ । 

फेब्रुवरीमा युक्रेनमा आक्रमण गरेपछि रूसको आणविक हतियार प्रयोग गर्ने क्षमता थप निरीक्षणको दायरमा परेको छ ।

प्रतिक्रिया