आइतबार, वैशाख २०, २०८३

चीनमा ४१ करोड ५० लाख सवारी साधन, ५० करोड चालक

मेरोन्यूज २०७९ मंसिर २२ गते १८:०३

काठमाडौँ । चीनमा सन् ०२२ को नोभेम्बरको अन्त्यसम्ममा करिब ४१ करोड ५० लाख सवारी साधन र ५० करोडभन्दा बढी सवारी चालक सूचीकृत भएका छन् ।

Advertisement
NiccNicc

सवारी साधन र चालक दुवैको संख्या विश्वैमा पहिलो स्थानमा रहेको सार्वजनिक सुरक्षा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

पछिल्ला वर्षमा चीनको अटोमोबाइल स्वामित्व वार्षिक रूपमा दुई करोडभन्दा बढीले बढेर नोभेम्बरको अन्त्यमा कूल संख्या ३.१८ करोड पुगेको एमपीएसले बताएको छ ।

सन् २०१४ देखि चिनियाँ लाइसेन्स प्राप्त चालकहरूले औसत वार्षिक दुई करोड ५० लाखको संख्यामा बढ्दो छ । हाल दुई चिनियाँ वयस्कमध्ये एकसँग ड्राइभिङ लाइसेन्स छ ।

त्यसैगरी २५ वर्ष मुनीका चालकहरूको संख्या पाँच करोडभन्दा बढी छ जुन कूल जनसंख्याको १०.९ प्रतिशत हो । चीनको ग्रामीण भेगमा हालैका वर्षमा लाइसेन्स प्राप्त चालकको संख्या तीव्र गतिमा बढेको छ ।

वार्षिक रूपमा एक करोड ३० लाखभन्दा बढीको वृद्धि भएको छ ।

प्रतिक्रिया