आइतबार, वैशाख २०, २०८३

युरोपेली आयोगले रुसमाथि थप प्रतिबन्ध लगाउने प्रस्ताव

मेरोन्यूज २०७९ मंसिर २२ गते १९:५८

काठमाडौँ । युरोपेली आयोगले बुधबार युक्रेन आक्रमणलाई लिएर रुसविरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ ।

Advertisement
NiccNicc

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा दबाब बढाउने बताएकी छन् ।

‘रूसले युक्रेनमा मृत्यु र विनाशको शृङ्खला जारी राखेको छ, यसले जाडो यामको शुरुमा युक्रेनलाई ऊर्जाविहीन बनाउने उद्देश्यले नागरिक पूर्वाधारलाई जानाजानी निशाना बनाएको छ, हामी युक्रेनको पक्षमा उभिरहेका छौँ र हामी रूसलाई यसको क्रूरताको लागि जवाफ दिँदैछौँ,’ उर्सुला भोन डरले बताइन् ।

युरोपेली आयोगले रुसी सशस्त्र बल, रक्षा औद्योगिक कम्पनीसहित दुई सय थप व्यक्ति र संस्थाहरूविरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया