कोका कोलाले कतारमा रहेका नेपालीलाई फिफा विश्वकप हेर्ने मौका प्रदान

काठमाडौँ । वल्र्डकप २०२२ को लागि कतारमा रंगशाला निर्माणमा काम गरेका नेपाली कामदारमध्ये कतारमै बसोबास गर्दै आएका सात जना नेपाली आप्रवासी कामदारहरूलाई कोका कोला नेपालले रंगशालामै प्रत्यक्ष रुपमा वल्र्डकप हेर्ने अवसर प्रदान गरेको छ ।
आफ्नो परिवारको सुख र खुशीको लागि अवसरको खोजीमा विदेशिएका नेपालीहरूको निःस्वार्थपन र अथक प्रयासको सम्मान स्वरुप कम्पनीले उक्त पहल लिएको कोका कोला नेपालले जनाएको छ ।
फुटबल हेर्न रुचाउने भएकाले यसरी रंगशालामै बसेर प्रत्यक्ष रुपमा वल्र्डकप हेर्न पाउनु आफूहरूका लागि जीवनकै यादगार र सुनौलो अवसर भएको र यसका लागि कोका कोलाप्रति आभारी रहेको कुरा व्यक्त गरेका छन् ।
यसबारेमा बोल्दै कोका कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका कोला धेरै वर्षदेखि फिफा विश्वकपको आधिकारिक प्रायोजक रहेको छ र यस वर्ष हामीले विश्वकपको लागि कतारको रंगशाला निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपालीहरुको लागि केही गर्न चाहन्थ्यौँ, उहाँहरुको कडा परिश्रम र त्याग साँच्चै प्रेरणादायी छ र हामी उहाँहरुप्रति आभार व्यक्त गर्न चाहन्छौं, उहाँहरुले प्रत्यक्ष खेलको रमाइलो अनुभव लिनुभयो होला भन्ने हामी आशा गर्दछौँ ।’
कोका कोलाले योभन्दा अगाडि पनि आफ्नो दसैंँ क्याम्पेनमा १४ जना नेपाली आप्रवासी कामदारहरूलाई कतार नेपाल दुई तर्फी हवाई टिकटको व्यवस्था गरिदिएको थियो । जसले गर्दा उनीहरूले निकै लामो समयको अन्तरालपछि आफ्नो परिवारसँग बसेर दसैंँ तिहार मनाउने अवसर पाएका थिए ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
प्रतिक्रिया