शुक्रबार, चैत ६, २०८२

खल्तीबाट बैंक लिङ्क भुक्तानी गरी दैनिक ४५ दिनसम्म ३२ इञ्चको टिभी जित्नुहोस्

मेरोन्यूज २०७९ मंसिर २३ गते १६:०८

काठमाडौँ । खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीमा बैंक लिङ्क’ अफर ल्याएको छ । यस अफरअन्तर्गत खल्तीले आफ्नो लिङ्क गरिएको बैंक खातामार्फत भुक्तानी गर्ने योग्य प्रयोगकर्तामध्ये दैनिक एक जना भाग्यशाली विजेतालाई ३२ इञ्चको टिभी जित्ने मौका प्रदान गर्दैछ ।

Advertisement
nepal life insurencenepal life insurence

साथै, प्रयोगकर्ताहरूले आफ्नो पहिलोपटक लिङ्क गरिएको खाताबाट पहिलो भुक्तानी गर्दा सय रुपैयाँको बोनस तत्काल पाउने छन् ।
यो बोनस खल्तीमा पहिलो पटक आफ्नो बैंक खाता लिंक गर्ने र आफ्नो लिङ्क गरिएको बैंक खाताबाट पहिलो भुक्तानी पूरा गरेका प्रयोगकर्ताका लागि लागु हुनेछ ।

यसैबीच, यस अफर अवधिमा आफ्नो लिङ्क गरिएको बैंक खाताबाट भुक्तानी गर्ने प्रयोगकर्तामध्ये हरेक दिन एकजना भाग्यशाली प्रयोगकर्तालाई टिभी प्रदान गरिनेछ । खल्ती प्रयोगकर्ताहरूसँग बैंक खाता लिङ्क गर्नको लागि उनीहरूको केवाईसी प्रमाणित हुनु पर्छ ।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यस अफर मार्फत हामी प्रयोगकर्ताहरुलाई डिजिटल भुक्तानी गर्ने बानी बस्न प्रोत्साहित गर्न चाहन्छौँ, खल्ती प्रयोगकर्ताहरूले अब आफ्नो लिङ्क गरिएको बैंक खाताबाट प्रत्यक्ष भुक्तानी गर्न सक्ने भएकाले वालेट ब्यालेन्स रिलोड गर्ने समस्याको सामना गर्नु पर्दैन ।”

यस अफरलाई थप आकर्षित बनाउँदै खल्तीले हरेक हप्ताको सोमबार र बिहीबार फायर सेल पनि ल्याएको छ । प्रयोगकर्ताले बिजुलीको बिल, ल्यान्डलाइन, चलचित्र, इन्टरनेट, डाटा प्याक, जीवन बीमा, जस्ता सर्भिसमा हरेक दिउँसो १ बजे फायर सेलको लागि ५० प्रतिशतसम्म क्यासब्याकको प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया