आइतबार, वैशाख २०, २०८३

भारतको तामिलनाडुमा चक्रवातले रुख ढाल्दा चार जनाको मृत्यु

मेरोन्यूज २०७९ मंसिर २४ गते २०:१९

काठमाडौँ । भारतको दक्षिणी राज्य तामिलनाडुमा शनिबार आएको ‘मान्डुस’ नामक चक्रवातका कारण रूख ढल्दा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ ।

Advertisement
NiccNicc

चक्रवातसँगै भारी वर्षा भएको उक्त घटनामा कम्तीमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतीय प्रहरीका अनुसार घटनामा चार जनाले ज्यान गुमाएका छन् । आँधीका कारण १८१ वटा झुपडीमा क्षति पुगेको छ ।

चक्रवातका कारण चेन्नईमा चार सयभन्दा बढी रूख उखेलिएको तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले बताए । स्टालिनले प्रभावित क्षेत्रको भ्रमण गरेका हुन् ।

चक्रवात शुक्रबार अबेर राति तमिलनाडुको तट पार गर्दै प्रतिघण्टा ७५ किलोमिटरको गतिमा आएको थियो । चक्रवात अहिले कमजोर भएर निकै कमजोर भइसकेको छ ।

भारतीय मौसम विज्ञान विभागले यो लगभग पश्चिम उत्तरपश्चिमतर्फ सर्ने र शनिबार मध्याह्नसम्ममा बिस्तारै कमजोर हुँदै न्यून चापीय रेखामा परिणत हुने बताएको छ ।

प्रतिक्रिया