बुधबार, माघ १४, २०८२

स्कुल बसको ठक्करबाट कीर्तिपुरमा सशस्त्र प्रहरी रतेलाको मृत्यु

मेरोन्यूज २०७९ मंसिर २५ गते ११:२७

काठमाडौं । कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा इण्डियन मोडर्न स्कूलको ना.१क १६१२ नम्बरको बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको ज्यान गएको हो

उनको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली(५ निवासी रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए ।

प्रतिक्रिया