नेयमार भन्छन्- क्रोयसियासँग हारेपछि केही समय ‘मानसिक रूपमा क्षतविक्षत’ भएँ

काठमाडौं । ब्राजिलयन फुटबलर नेयमारले क्रोएसियासँगको पेनाल्टी सुटआउटमा पराजितसँगै आफ्नो टोली २०२२ को विश्वकपबाट बाहिरिँदा आफू ‘मानसिक रूपमा क्षतविक्षत’ भएको बताएका छन् । शुक्रबार क्वार्टर फाइनलमा पेनाल्टी सुटआउटमा क्रोएसियाले ब्राजिललाई ४–२ को गोल अन्तरले पराजित गरेको थियो ।
‘म मनोवैज्ञानिक रूपमा क्षतविक्षत भएको छु’, नेमारले इन्स्टाग्राम पोस्टमा भने, ‘यो पक्कै पनि पराजय हो जसले मलाई सबैभन्दा बढी चोट पुर्यायो । जसले मलाई प्रतियोगितापछि १० मिनेटसम्म पक्षाघात गरायो । त्यसपछि रोक्नै नसक्ने गरी आँखाबाट आँशु चुहियो । ’
उनले अगाडि लेखेका छन्,‘दुर्भाग्यवश यसले धेरै लामो समयसम्म चोट दिनेछ । ’ उनको पोस्टलाई १ करोड ८८ लाखले लाइक गरेका छन् ।
नेमारल जारी कतार प्रतियोगिता आफ्नो अन्तिम विश्वकप हुनसक्ने संकेत गरे । उनी कूपे डु मोन्डेमा अर्को पतियोगिताका लागि ब्राजिलियन टोलीमा फर्किनेबारेमा अनिश्चित छन् ।
यसैबीच, नेमारको भावनात्मक इन्स्टाग्राम पोस्टको जवाफमा ब्राजिलियन फुटबल लिजेन्ड पेलेले उनलाई ‘निरन्तर प्रेरणा बन्न’ आग्रह गरे ।एजेन्सी
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया